धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका २६ सहित थप ३६ जनाको कोरोना संक्रमण पुष्टि

धनगढीका २६ सहित थप ३६ जनाको कोरोना संक्रमण पुष्टि

धनगढी

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा मंगलबार धनगढी उप–महानगरपालिकाका २६ सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा सेती प्रादेशिक अस्पतालमा गरिएको ५ सय ४८ जनाको स्वाव परिक्षणमा धनगढीका २६ सहित कैलालीका २९, कञ्चनपुरका ५ र डडेल्धुरा तथा दार्चुलाका १÷१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मंगलबार संक्रमण पुष्टि हुनेमा धनगढीका २६, लम्की चुहा नगरपालिका र गौरिगंगा नगरपालिकाका १÷१ तथा पहिचान नखुलेका कैलालीका १ जना रहेका छन् ।

 यसै गरी कञ्चनपुरको भिमदत्त नगरपालिका, पनर्वास नगरपालिका र महाँकाली नगरपालिकाका १÷१ तथा कृष्णपुर नगरपालिकाका २ जनामा समेत मंगलबार संक्रमण पुष्टि भएको छ । 

 मंगलबार नै सेतीको परिक्षणमा डडेल्धुरा तथा दार्चुलाका १÷१ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ