धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीमा खाना पकाउने ग्यासको सिलिण्डर पड्कियो, एकको अवस्था गम्भीर

धनगढीमा खाना पकाउने ग्यासको सिलिण्डर पड्कियो, एकको अवस्था गम्भीर

धनगढी

 धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किदा तीन जना घाइते भएका छन् । घाइते मध्य १ जनाकोअ वस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय कैलालीकाका अनुसार धनगढी उप–महानगरपालिका– ८ नवदुर्गा मन्दिर नजिकै बस्दै आएका स्थानीय हरिलाल विष्टको घरमा प्रयोग भएको खाना पकाउने ग्यास सिलिण्डर पड्किदा तीन जना घाईते भएका हुन् । घरमा राखेको ग्यास लिकेज भई विस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

 घाईते हुनेमा ७० बर्षे घरधनी हरीलाल विष्ट सहित ६५ बर्षीया बिमला विष्ट र १५ वर्षीया महेश्वरी विष्ट रहेको जिलला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रतिक विष्टले बताए ।

घाइते सवैको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रबक्ता विष्टले बताए ।


ट्रेन्डिङ