धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका ३१ सहित सेतीको परिक्षणमा थप ६० जनामा कोरोना पुष्टि

धनगढीका ३१ सहित सेतीको परिक्षणमा थप ६० जनामा कोरोना पुष्टि

धनगढी

 धनगढी उप–महानगरपालिकाका ३१ जना सहित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिका सेती प्रादेशिक अस्पतालमा गरिएको ४ सय ३२ जनाको स्वाव परिक्षणमा धनगढीका ३१ सहित कैलालीका ५१, बझाङका १ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार बुधबार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढीका ३१, लम्किचुहा नगरपालिका र भजनी नगरपालिकाका १÷१, गोदावरी नगरपालिकाका ७, कैलारी गाउँपालिकाका ४ र टिकापुर नगरपालिकाका ७ जना रहेका छन् ।

 यसैगरी बुधबारनै गरिएको परिक्षणमा कञ्चनपुरको बेलौरी र पुनरर्वास नगरपालिकाका १÷१, वेतकोट नगरपालिकाका ४ र पहिचान नखेलुका २ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 बुधबार नै सेतीमा गरिएको परिक्षणमा कझाङका १ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ