धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडीको सुर्नयामा गाउँपालिका सार्ने विषयमा विवाद हुँदा अध्यक्ष  कुटिए

बैतडीको सुर्नयामा गाउँपालिका सार्ने विषयमा विवाद हुँदा अध्यक्ष  कुटिए

धनगढी

 बैतडीको सुनयाँ गाउँपालिका कार्यालय सार्ने विषयमा झडप हुँदा गाउँपालिका अध्यक्ष कुटिएका छन् ।

 कार्यालय सार्न नहुने भन्दै विरोध गर्दै आएको समुहले सोमबार देखी गाउँपालिका कार्यालयमा तालावन्दि गरेका थिए । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार बुधरबा सुर्नयाँका अध्यक्ष विरबहादुर प्रहरी सहित कार्यालयमा पुगेर ताला फुटाउन तल्लिन भएपछि अर्को पक्षले ढुंगा प्रहार गरेको थियो ।

 ढुंगा प्रहार बाट अध्यक्ष विष्ट सहित ५ जना प्रहरी र केही स्थानीय गरी १ज्ञ जना घाइते भएका प्रमुख जिल्ला अकिारी मोहन राज जोशीले बताए ।

 उनका अनुसार घाइते भएका प्रहरी र अन्य स्थानीयको अवस्था सामान्य रहेको भएपनि गाउँपालिका अध्यक्षलाई भने थप उपचारका लागि धनगढी स्थित माया मेट्रो अस्पताल लगिएको छ ।

 बैतडीको सुर्नयाँ गाउँपालिकाको कार्यालय हाल वडा नम्बर–५ स्थित रैलेश्वरमा रहेको छ । तर कार्यपालिकको बैठकबाट वडा नम्बर–५ कै (हाल गाउँपालिकको कार्यालय रहेको स्थानबाट १ किलोमिटरको दुरीमा) पविता भन्ने स्थानमा गाउँपालिकाको स्थाई कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।

 कार्यपालिकाले गाउँपालिकाको कार्यालय सार्ने निर्णय पुष ९ गते गरेको थियो । तर हाल अस्थाई कार्यालय रहेको स्थानका स्थानीयवासी र व्यवसायीले कार्यालय सार्न नदिने भन्दै विरोध गर्दै आएका थिए ।

 जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख मोहनराज जोशीका अनुसार गाउँपालिकाको कार्यालय सार्ने विषयमै भएको विवादका कारण बुधबार राती दुई पक्ष विच विवाद हुँदा झडपनै भयो ।

 जसका कारण गाउँपालिकाका अध्यक्ष विरबहादुर विष्ट लगायत ११ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

 उनका अनुसार घाइते हुने मध्य ५ जना प्रहरी रहेको छन् । अन्य स्थानीय रहेका भएपनि सवैको अवस्था सामान्य नै रहेको छ । गाउँपालिकाका अध्यक्ष विष्टलाई भने उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको प्रजिअ जोशीले बताए ।

असन्तुष्ट पक्षले वडा नम्बर–५ कै अर्जुन मडैको सयोजकत्वमा गाँउपालिका केन्द्र सार्न नदिन सघंर्ष समिति गठन गरी बिरोध गर्दै आएका छन् ।

 विरोधकै विच असोज २२ गते गाउँ कार्यपालिकाको वैठकले नयाँ स्थानमा तोकेको गाउँपालिका कार्यालय निर्माणका लागि १५ लाख विनियोजन गरी काम अघि बढाउने निर्णय गरेको थियो ।

 सो घटना पछि विरोध पक्ष झनै आवेगमा आयो र सोमबार साँझ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

 मंगलबार र बुधबार गाउँपालिकाका पदाधिकारी र संघर्षरत पक्ष बीच छलफल भएपनि छलफल निष्कर्ष बिहीन बन्यो ।

 प्रजिअ जोशीका अनुसार लगातार गाउँपालिकामा ताला बन्दि भएपछि बुधबार साँझपख एक मुचुल्का तयार गर्दै प्रहरी प्रशासनको बलमा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट आफै ताला तोड्न कार्यालय पुगेका थिए ।

 अध्यक्ष कार्यालयको ढोकामा पुगेका बेला अर्को पक्षले ढुंगा प्रहार गरेको र दुई पक्ष विच झडप भएको प्रजिअ जोशीले बताए ।


ट्रेन्डिङ