धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

दशैको भिड रोक्न धमाधम निषेधाज्ञा

दशैको भिड रोक्न धमाधम निषेधाज्ञा

धनगढी

 सुदूरपश्चिका बिभिन्न जिल्लामा दशैलाई लक्षित गर्दै धमाधम निषेधाज्ञा जारी गरिएको छ ।

 दशैमा भिडभाड हुँदा कोरोना संक्रमण थप फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयहरुले भिड तथा सामुहमा हुने कार्य रोक्न निषेधाज्ञा जारी गर्न थालेका छन् । शुक्रबार सम्म प्रदेशका ९ मध्य ४ जिल्लामा आंसिंक तथा पुर्ण निषेधाज्ञा जारी गरेका छन् ।

 निषेधाज्ञा जारी हुने जिल्लाहरुमा कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला रहेका छन् । ती मध्य कञ्चनपुर र बैतडीमा जिल्ला भर दशै, तिहार सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले दशै तथा तिहारलाई लक्ष्ति गरी निषेधाज्ञा जारी गरिएको बताए ।

 ‘कोरोना संक्रमण फैलने तरिकाका बारेमा सवै नागरिकलाई प्रयाप्त जानकार छ’ प्रमुख जिल्ला अधिकरी महतोले भने–‘तर कसैले पनि नियमको पालना गरेको देखिदैन, यस्तोमा निषेधाज्ञा जारी गर्नुको विकल्प छैन ।’ 

 डडेल्धुरामा सदरमुकाम आसपास कोरोना संक्रमण फैलिएको भन्दै अमरगढी नगरपालिका–८ कृतिपुर क्षत्र सिल गर्ने निर्णय गरिएको ।

 वडा नम्बर–८ मा समुदाय स्तरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदायस्तरमा थप कोरोना संक्रमण फैलन नदिन वडा सिल गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । उनले जिल्लाभर थप निषेभाज्ञा जारी गर्ने विषयमा पनि स्थानीय तहका जनप्रतिनिधी संग छलफल गर्ने तयारी भइरहेको बताए ।

 यसैगरी दार्चुला जिल्लाको सदरमुकाम क्षत्रमा अनिश्चितकालित निषेधाज्ञा जारी गरिएको छ ।

 सदरमुकाम संगै जोडिएको महाकाली नगरपालिका ४ र ५ मा एकैपटक ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण थप फैलिन नदिन अनिश्तिचत कालिन निषेधाज्ञा जारी गरिएको बैतडीकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) ले बताइन् ।

 दशै नजिकिदै गर्दा बजारमा अनावश्यक भिड बढ्नथालेको र त्यसले कोरोना संक्रमण थप फैलन सक्ने देखिएकाले अर्को सुचना जारी नहुँदा सम्मका लागि निशेधाज्ञा जारी गरिएको सहायक प्रजिअ जोशीले बताइन् ।

 उनको भनाई अनुसार हाल जारी गरिएको निषेधाज्ञा दशै सम्मका लागि जारी रहन सक्ने छ । तर त्यसका लागि निर्णय भने भएको छैन । यसैगरी सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा समेत दशै लक्षित निषेधाज्ञा जारी गरिएको छ ।

 जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार विज्ञप्ति जारी गरी अति आवश्यक काम बाहेक बजारमा हिडडुल गर्न, सभा समारोह गर्न, तथा पुजा आज गर्न नपाइने उल्लेख गरेको छ । दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला, जात्रा, उत्सव, पर्व, सांस्कृतिक तथा सामाजिक जमघट नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । कानूनको उल्लङघन गर्ने जो कोहीलाई पनि सङ्क्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानूनअनुसार कारवाही हुने जोशीले बताए ।

यस्तो छ प्रदेशमा कोरोना संक्रमणको अवस्था

 सुदूरपश्चिम प्रदेशमा हाल सम्म ८ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुने मध्य ७ हजार २ जना निकोभएर घर गएका छन् ।

सुदूरपश्चिममा हाल सक्रिय संक्रमितको संख्या १ हजार २ सय ९२ रहेको छ ।

कैलालीमा १०, बझाङमा २, बाजुरामा २, अछाममा २, कञ्चनपुर, डडेल्धुार र बैतडीमा १÷१ गरी १९ जनाको मृत्यु भएको छ ।


ट्रेन्डिङ