धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका १२ वडाका ३६ जनामा एकैदिन कोरोना पुष्टि

धनगढीका १२ वडाका ३६ जनामा एकैदिन कोरोना पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पतालको परिक्षण्मा धनगढी उप–महानगरपालिकाका १९ मध्य १२ वडाका ३६ जना सहित शनिबार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टामा गरिएको ६ सय ३४ जनाको स्वाव परिक्षणमा धनगढी वडा नम्बर १ का १६ जना, वडा नम्बर २ का २ जना, वडा नम्बर–३ का २ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ६ का १ जना, वडा नमबर ७ का १ जना, वडा नम्बर ८ का ३ जना, वडा नम्बर १२, १४ र १८ का १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती अस्पतालले जनाएको छ ।

 अस्पतालका अनुसार कैलालीको लम्किचुहा नगरपालिका १ का १ जना, गोदावरी नगरपालिकाका ७ जना, गौरिगंगा नगरपालिकाका १ जना, कैलालरी गाउँपालिका ८ का २ जना र परिचय नखेलेका कैलालीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

 त्यस्तै पुनर्वास नगरपालिकाका ४ जना, शुक्लाफाँटा नगरपालिका १० का १ जना, वेलौरी नगरपालिकाका १ जना र भिमदत्त नगरपालिकाका २ जना गरी कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 सेतीकै परिक्षणमा डडेल्धुराको आलिताल गाउँपालिका ८ का १ जना र डोटीको जोरायल गाउँपालिका १ का १ जनामा समेत संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ