धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सामाजिक विकासमन्त्री सुवेदीद्वारा दशैँ भत्ता नलिने घोषणा

सामाजिक विकासमन्त्री सुवेदीद्वारा दशैँ भत्ता नलिने घोषणा

धनगढी

   सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले चाडपर्व बाफत पाइने भत्ता नलिने घोषणा गरेका छन् ।

 मन्त्री सुवेदीले खातामा रकम आएको भए फिर्ता गरेर वा अर्को महिनाको सुविधामा मिलान गर्ने बताएको मन्त्री सुबेदीका स्वकिय सचिब लोकेन्द्र धामीले जानकारी दिए ।

 मन्त्री सुबेदीको भनाई उल्लेख गर्दै स्वकिय सचिब धामीले भने–‘प्रक्रिया कसरी मिल्छ त्यसरी नै त्यो रकम फिर्ता गर्छु, सिंगो मानव समुदायनै कोरोनाका कारण संकटमा भएको बेला थप सुविधा लिनु उचित नलागेको मन्त्री ज्युले बताउनु भएको छ ।’

 


ट्रेन्डिङ