धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
कोरोना कहर

एम्बुलेन्स चालकमा कोरोना पुष्टि

एम्बुलेन्स चालकमा कोरोना पुष्टि

धनगढी,

अछामबाट बिरामी बोकेर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना पुष्टि भएको छ । आईतबार अछामबाट विरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।

  अछाम जिल्ला अस्पतालका एम्बुलेन्स चालक मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको  हो । सुर्खेतको प्रयोगशालामा गरिएको थ्रोट स्वाबको नमूना परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको छ ।

  चालक अहिले धनगढीमै रहेका छन् । स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति देवदत्त जोशीले चालकलाई कोरोना संक्रमण भएको जानकारी गराउँदै अस्पतालको आईसोलेसनमा जान अनुरोध गरिएको उनले बताए ।

 


ट्रेन्डिङ