धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका २३ सहित सेतीको परिक्षणमा थप ४७ जनाको कोरोना पुष्टि

धनगढीका २३ सहित सेतीको परिक्षणमा थप ४७ जनाको कोरोना पुष्टि

धनगढी

 धनगढी उप–महानगरपालिकाका २३ सहित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सेती अस्पतालमा गरिएको ६ सय ६ जनाको स्वाव परिक्षणमा धनगढीका २३ सहित कैलालीका ४२, कञ्चनपुरका ४ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार बुधबार संक्रमण पुष्टि हुनेमा धनगढी उप–महानगरपालिका ५ महिला र १८ पुरुष, टिकापुर नगरपालिका र कैलालरी गाउँपालिकाका २÷२ जना, गौरिगंगा नगरपालिका, लम्किचुहा नगरपालिकाका र बर्दगोरिया गाउँपालिकाका १÷१ जना र गोदावरी नगरपालिकाका ३ तथा पहिचान नखुलेका कैलालीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 यसै गरी बुधबार नै सेतीको परिक्षणमा कञ्चनपुरको कृष्णपुर, बेलौरी, पुनर्वास र भिमदत्त नगर नगरपालिकाका १÷१ जना तथा डोटीको केआईसिंह गाउँपालिकाका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ