धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025
क्वारेन्टिनमा बसेकी एक महिलामाथि भएको बलात्कारको घटना

दोषीलाई कारवाही गर्न अन्तर पार्टी महिला सन्जालको माग

लम्की चुहा नगरपालिकामा क्वारेन्टिनमा बसेकी एक महिलामाथि भएको बलात्कारको घटनाको छानबीन गरि दोषीमाथि कारवाही गर्न  अन्तरपार्टी महिला सन्जाल सुदुरपश्चिम समितिले माग गरेको छ । ‘

 धनगढी

     लम्की चुहा नगरपालिकामा क्वारेन्टिनमा बसेकी एक महिलामाथि भएको बलात्कारको घटनाको छानबीन गरि दोषीमाथि कारवाही गर्न  अन्तरपार्टी महिला सन्जाल सुदुरपश्चिम समितिले माग गरेको

‘  क्वारेन्टिन जस्तो संवेदनशील ठाउँमा स्वयमसेवकको रुपमा खटिएका व्यक्तिबाट भएको घटनाको छानबीन गरि दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दछौं सन्जालका अध्यक्ष देबकी मल्ल  सचिव सरस्वती बस्नेतद्धारा सोृमबार संयुक्त रुपमा जारी  बिज्ञप्तिमा भनिएको   ‘उक्त घटना अपराधीले  पाउदै आएको उन्मुक्तिको परिणाम हो  

   समाजमा अपराधीले उन्मुक्ति पाएका घटनाले लज्जित बनाएको भन्दै बिज्ञप्तिमा महिलामाथि   हुने  यौन,  मानसिक  तथा  शारिरीक  हिंसा   बृद्धि   भैरहेको अवस्थामा निर्मला पन्त, माया बिक,लगायतको बलात्कारका घटनाले प्रदेशलाई नै लज्जित बनाएको बिज्ञप्तिमा उल्लेख

   लम्की चुहा नगरपालिकाको वार्ड मा रहेको शहिद स्मृति माविमा रहेको क्वारेन्टिनमा रहेकी एक महिलाले  गत अनिबार राति क्वारेन्टिनमा स्वयमसेवको रुपमा खटिएका तीन जनाले सामुहिक बलात्कार गरेको आरोप लगाएकी थिइन् उक्त आरोपपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको