धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

धनगढीका ११ सहित १२ जनामा कोरोना संक्रमण

धनगढी

 सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा धनगढी उपमहानगरपालिकाका ११ जना सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का  २ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का ५ जना र वडा नम्बर १० का १ जना  रहेको सेती प्रादेशिक अस्पतालद्धारा जारी गरिएको कोरोनाको उपचार  र परिक्षण सम्बन्धी बिबरणमा उल्लेख छ ।

   त्यस्तै कन्चनपुरका १ जनामा समेत कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ ।

  पछिल्लो २४ घण्टामा २ शय ४ जनाको कोरोना परिक्षण गरिएको थियो ।


ट्रेन्डिङ