धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका ३२ सहित थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढीका ३२ सहित थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 धनगढी उप–महानगरपालिकाका ३२ जना सहित शनिबार सेतीको परिक्षणमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 शनिबार सेती अस्पतालको प्रयोगशालामा गरिएको ३ सय ९७ जनाको स्वाव परिक्षणमा कैलालीका ४६,  कञ्चनपुरका ५ डडेल्धुराका १ जनामा संक्रमण पुष्टि भएको हो ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नमबर १ का २५ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ७ र ८ का १÷१ जना रहेका छन् ।

 यसै गरी कैलालीकै जानकी गाउँपालिकाका ६ जना, गोदावरी नगरपालिकाका ४ जना र पहिचान नखुलेका कैलालीका ४ जनामा पनि शनिबार संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

 उनका अनुसार शनिबार नै कञ्चनपुरको भिमदत्त नगरपालिकाका ५ तथा डडेल्धुराको अमरगढी नगरपालिकाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ