धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका २३ सहित सेतीको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि

कैलालीका २३ सहित सेतीको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि

धनगढी

 कैलालीका २३ सहित सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा सेती प्रादेशिक स्पतालमा गरिएको ३ सय ३ जनाको स्वाव परिक्षणमा कैलालीका २३ र कञ्चनपुरका ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नमबर १, ४, ७, ८ र १२ का १÷१ गरी ६ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ५ का ३  जना रहेका छन् ।

 यसैगरी सेतीकै परिक्षणमा कैलालीको गोदावरी नगरपालिकाका ४, टिकापुर नगरपालिकाका ३, घोडाघोडी नगरपालिकाका २ र लम्किचुहा नगरपालिकाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ ।

 सूचना अधिकारी श्रेष्ठका अनुसार आइतबार सेतीमा गरिएको परिक्षणमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर–१० का ९ जनालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ