धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीका ४३ सहित कैलालीका ६७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढीका ४३ सहित कैलालीका ६७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा धनगढी उप–महानगरपालिकाका ४३ सहित कैलालीका ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

 अस्पतालमा पछिल्लो २४ घण्टाको अवधिमा गरिएको ४ सय ३२ जनाको स्वाव परिक्षणमा कैलालीका ६७ तथा कञ्चनपुरका ३ जनामा समेत संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारीदिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा धनगढी उप–महानगरपालिका १ का ७ जना, वडा नम्क्बर २ का ४ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ४ जना, वडा नमबर ५ का ११ जनामा संक्रमण पुष्टि भएको छ ।

 यसै गरी धनगढी उप–महानगरपालिका ६ का १ जना, वडा नम्बर ७ का ६ जना, वडा नम्बर ८ का ४ जना र परिचय नखुलेका धनगढीका १ जनामा समेत बिहीबार कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 सेतीकै परिक्षणमा बिहीबार कैलालीको टिकापुर नगरपालिकाका ११ जना, गोदावरी नगरपालिकाका २ जना, गौरिगंगा नगरपालिकाका ५ जना, जानकी गाउँपालिकाका १ जना र परिचय नखुलेका ५ जना समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार बिहीबार नै सेतीको परिक्षणमा कञ्चनपुरको भिमदत्त नगरपालिकाका १ र कृष्णपुर नगरपालिकाका २ जनामा समेत संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ