धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

सुपथ मुल्यमा ग्राहकको घुइचो

सुपथ मुल्यमा ग्राहकको घुइचो

धनगढी

 धनगढी स्थित साल्ट टे«डिङ कर्पिोरेसन लिमिटेडमा सञ्चालित दशै तिहार लक्षित सुपथ मुल्यमा सामान किन्ने ग्राहकको आकर्षण बढेको छ ।

दशै तिहार लक्षित गरी नून, चिनी, लुगाधुने सावुन, सेनिटाइजर हेण्ड वास, स्याम्पो, ग्लुकोज भिटा, सेफ वास, भाडाँधुने पाउडर, चिउराचामल लगायतका सामाग्रीमा बजार भन्दा ५ देखी १० रुपैयाँ सम्म छुट गराइएपछि ग्राहकको आकर्षण बढेको हो ।

साल्ट टे«डिङ कार्पोरेशन लिमिटेड धनगढी शाखाका अधिकृत रामचन्द्र जोशीका अनुसार असोज १ गते देखी कार्तक २० गते सम्म सुपथ मुल्य पशलबाट ४२ लाख बराबरको कारोवार भएको छ भने, १० हजार ३ सय ३६ जना ग्राहकले सामाग्री किनेका छन् ।