धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेतीको परिक्षणमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा सेतीमा गरिएको २ सय ७८ जनाको स्वाव परिक्षणमा कैलालीका २५, कञ्चनपुरका ११, डडेल्धुराका १ र अछामका ३ गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १ का २ जना, वडा नम्बर ३ र ५ का १÷१ जना र वडा नम्बर २० का ३ जना रहेका छन् ।

 यसैगरी कैलालीकै टिकापुर नगरपालिकाका १३ जना, जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका र मोहन्याल गाउँपालिकाका १÷१ जना तथा पहिचान नखुलेका कैलालीका २ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार शनिबार नै कञ्चनपुरको भिमदत्त नगरपालिकाका ७ जना, वेल्डाँडी गाउँपालिका, कृष्णपुर नगरपालिका, वेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी डडेल्धुराका १ र अछामका ३ जनामा  पनि शनिबार संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ