धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

सेतीको परिक्षणमा थप ९१ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा थप ९१ जनामा कोरोना पुष्टि

धनगढी

   आईतबार सुदूरपश्चिमका थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार ३ सय ६७ जनाको परीक्षण गर्दा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

  सेती प्रादेशीक अस्पतालद्धारा जारी बिज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिकाका ३३ जनामा संक्रमण पुष्टि भएको छ । बिज्ञप्ती अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ र ७ का ६÷६ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ३, ८ र १३ का २÷२ जना, यस्तै वडा नम्बर १, १४ र १८ का १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

 यसैगरी कैलालीकै टीकापुर नगरपालिकाका १२ जना, भजनी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिका, बर्दगोरीया गाउँपालिका र घोडाघोडी नगरपालिकाका १÷१ जनामा संक्रमण देखिएको बिज्ञप्तीमा उल्लेख छ । यस्तै ठेगाना नखुलेका कैलालीका १२ जनामा समेत कोरोना पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

    यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जना, पुर्नवास नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका ३ जना, कृष्णपुर नगरपालिकाका २ जना, बेलौरी नगरपालिका, शुक्लाफाटा नगरपालिका, लालझाडी गाउँपालिकाका र ठेगाना नखुलेका १÷१ जनामा पनि कोरोना देखिएको  छ ।  त्यस्तै बाजुराका २ जना, डडेल्धुरा र डोटीका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।


ट्रेन्डिङ