धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा आज थप एक अर्को कोरोना संक्रमितको मृत्यु

कैलालीमा आज थप एक अर्को कोरोना संक्रमितको मृत्यु
file photo

धनगढी

 कैलालीमा आज नै थप अर्को कोरोना संक्रमितको मृत्यु भएको छ ।

 जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको टीकापुर नगरपालिका १ का ९० वर्षीय पुरुषको सोमबार मृत्यु भएको  हो । होम आइसोलेसनमा रहेका उनको आज बिहान मृत्यु भएको सुचना अधिकारी जोशीले जानकारी दिए  ।

 आज बिहान नै धनगढी उप–महानगरपालिका २ का ८४ वर्षीय पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनको सेतीको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

 उनमा कडा खालको निमोनियाको समस्या देखिएको थियो । कार्तिक २१ कोरोना पोजिटिभ देखिएको उनलाई सो दिन नै अस्पताल भर्ना गरिएको थियो ।


ट्रेन्डिङ