धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

चमेलियामा ७२ वर्षीया वृद्धाको शव भेटियो

चमेलियामा ७२ वर्षीया वृद्धाको शव भेटियो

बैतडी, 
    बैतडी स्थित चमेलिया नदीमा तैरिरहरेको अवस्थामा ७२ बर्षे बृद्धाको शव फेला परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर–६ मा पर्ने चमेलिया डवेको अवस्थामा लेकम गाउँपालिका –१ बित्थडकी ७२ वर्षीया झिमा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
    सोमबारदेखि वेपक्ता भएकी ती वृद्धाको शव मंगलबार मध्यान्ह १२ बजे भेटिएको बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । बालुवा निकालिरहेका स्थानीय बासिन्दाले वृद्धाको शव पानीमा तैरिरहेको अवस्थामा फेलापारेपछि प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरिक्षक अधिकारीले बताए । वृद्धा कुष्ठरोगी रहेको र नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शवको पोष्मार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउने तयारी भइरहेको जनाइएके छ ।