धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका २८ सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका २८ सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका २८ सहित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टको अवधिमा सेती प्रादेशिक अस्पतालकाको कोरोना परिक्षण प्रयोगशालामा गरिएको १ सय ९५ जनाको स्वाव परिक्षणमा कैलालीका २८, कञ्चनपुरका ५, डडेल्धुराका २ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिएको जनाकारी अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नमबर १ का २ जना, वडा नमबर २ का ५ जना, वडा नम्बर ३, ७ र १२ का १÷१ जना तथा वडा नम्बर ५ का ९ जना रहेका छन् ।

 मंगलबार नै सेतीको परिक्षणमा कैलालीकै गोदावरी नगरपालिकाका ५ जना र लम्किचुहा नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार मंगलबार नै कञ्चनपुरको वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका १÷१ जना तथा भिमदत्त नगरपालिकाका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

 यसैगरी  डडेल्धुराका २ र डोटीको केआईसिंह गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ