धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका ४४ सहित थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका ४४ सहित थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका ४४ सहित सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको कोरोना परिक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको १ सय ७२ जनाको स्वाव परिक्षणमा कैलालीका ४४, कञ्चनपुरका ७ र बझाङका ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १ का ११ जना, वडा नम्बर २ का ६ जना, वडा नम्बर ३, ४, १३ र १६ का १÷१ जना, वडा नम्बर ५ का ३ र वडा नमबर ८ का ५ जनामा संक्रमण पुष्टि भएको छ ।

 यसैगरी कैलालीकै गोदावरी नगरपालिकाकाका ३, घोडाघोडी नगरपालिका, लम्किचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र टिकापुर नगरपालिकाका १÷१ जना तथा पहिचान नखुलेका कैलालीका ८ जनामा समेत बुधबार संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 सूचना अधिकारी श्रेष्ठका अनुसार बुधबार नै सेतीको परिक्षणमा कञ्चनपुरको वेलगाँडी गाउँपालिका र महाँकाली नगरपालिकाका १÷१ जना, पुनर्वास नगरपालिकाका २ र भिमदत्तनगर नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा बझाङको बुङ्गल नगरपालिकाका ३ जनामा समेत संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ