धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका ३७ सहित थप ४८ जनामा कोरोना पुष्टि

कैलालीका ३७ सहित थप ४८ जनामा कोरोना पुष्टि
file photo

धनगढी

 कैलालीका ३७ सहित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा सेतीमा गरिएको ४ सय ४ जनाको स्वाव नमुना परिक्षणमा कैलालीका ३७, कञ्चनपुरका ९, सुर्खेतका १ र रुपन्देशीका १ गरी ४८ जनामा संक्रमण  पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालमा सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार बिहीबार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–१ का २ जना, वडा नमबर २ का ३ जना, वडानम्बर ४ का ७ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर ८, ११, १८ का १÷१ तथा पहिचान नखुलेका धनगढीका १० जना रहेका छन् ।

 यसै गरी कैलालीकै लम्किचुहा नगरपालिकाका ३, जोशीपुर गाउँपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र टिकापुर नगरपालिका १÷१ जनामा संक्रमण पुष्टि हुँदा पहिचान नखुलेका कैलालीका २ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार बिहीबार नै कञ्चनपुरको भिमदत्त नगरपालिकाका ७ तथा वेलडाँडी गाउँपालिका र वेदकोट नगरपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सेतीको परिक्षणमा कर्णाली प्रदेशको सुर्खेतका १ तथा प्रदेश नम्बर २ को रुपन्देशीका १ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ