धनगढी
कञ्चनपुरमा चालु आर्थिक बर्षका लागि खाद्य संस्थानले ७ हजार क्वीन्टल धान खरिद गर्ने गरी कोटा छुट्याएको छ ।
तर धान खरिद भने सदुमुकाम महेन्द्र नगरमा मात्रै छ । महेन्द्र नगरबाट निक्कै टाढा रहेका वेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका, वेलडाँडी गाउँपालिका र कृष्णपुर नगरपालिकाका किसानलाई खाद्य संस्थानको खरिद केन्द्रमा धान पु¥याउँदै एक दिन लाग्ने गर्दछ ।
अझ बयलगाढामा धान लग्ने किसानलाई एक दिनले पनि पुग्दैन । अनि त्यहाँ लगेर फ्याट्टै धान विक्रि हुनेकुनै सम्भावना नै हुँदैन । किनकी त्हाँ नजिकका किसान समयमै पुगेर लाइनमा बसेका हुन्छन् । जसका कारण ती क्षत्रका किसान खाद्य संस्थनमा धान नै लैजादैनन् ।
किसानले खाद्य संस्थानमा धान नग्दा निजी उद्योगी व्यवसायीले त्यसको निक्कै फाइदा उठाइरहेका छन् ।
कञ्चनपुरको वेलौरि नगरपालिकाका केशव उपाध्यायले गाउँगाउँमा आउने व्यवपारीले किसानबाट २ हजार भन्दा पनि कम मुल्यमा धान खरिद गर्नेगरेको बताए ।
‘यहाँका धेरै किसान धान वेचेरै घर खर्च चलाउने गर्दछन्’ उनले भने–‘चाडवाडमा सवैलाई पैसा चाहिएको हुन्छ, अनि व्यवसायीले भने जति मुल्यमा धान वेच्नुपर्ने बाध्यता छ ।’
लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक सरकार बाटै व्यापारीलाई फाइदा हुने गरी नीतिगत त्रुटी भएको बताउँछन् ।
‘सरकारले साँच्चै किसानको धान खरिद गर्न चाहेको भए हरेक स्थानीय तहमा खरिद केन्द्र तोक्नु पर्दथ्यो’ उनले भने–‘तर व्यापारीलाई झनै फाइदा पुग्ने गरी कञ्चनपुरमा मात्रै बिक्रि केन्द्र राखिएको छ, त्यहाँ पुग्न लालभलाडीका किसानलाई सम्भव छैन ।’ गाउँगाउँबाट किसानको धान सस्तोमा किनेर व्यापारीले नै खाद्य संस्थानलाई महंगोमा धान वेच्ने गरेको उनको आरोप छ ।
खाद्य संस्थान कञ्चनपुरका खरिद केन्द्र प्रमुख नारायण प्रसाद खरेलले कर्मचारी अभावका कारण एउटै विक्रि केन्द्र तोकेको बताए । ‘धनगढीसंग नजिक पर्ने स्थानका कृषक धनगढी विक्रि केन्द्रमा गएर पनि धान वेच्न सक्दछन्’ उनले भने–‘महेन्द्रनगर नजिक पर्ने किसान यतै आउने गरेका छन् ।
’ कञ्चनपुर विक्रि केन्द्रले बुधबार सम्म २ हजार क्वीन्टल धान खरिद गरिसकेको उनले बताए ।