धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

नेकपा प्रदेश कमिटी सदस्य भण्डारीले १५ दिनमा जिते कोरोना

नेकपा प्रदेश कमिटी सदस्य भण्डारीले १५ दिनमा जिते कोरोना

धनगढी

 धनगढीका ब्यबसायी एबं नेकपा प्रदेश कमिटी सदस्य राजेश भण्डारीले १५ दिनमा कोरोना संक्रमण जितेका छन् ।

  १५ दिन अघि सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका भण्डारीको आज सेतीमै गरिएको परिक्षणमा कोरोना रिपोट नेगेटिभ आएको हो ।

  तत्कालीन नेकपा एमालेका सुदूरपश्चिम प्रदेश उद्योग बाणिज्य बिभाग प्रमुख समेत रहेका भण्डारीको पुरै परिवारको रिपोट नेगेटिभ आएको छ । भण्डारी सहित श्रीमती, एक छोरा र एक छोरीको कोरोना रिपोट नेगेटिभ आएको नेकपा प्रदेश कमिटी सदस्य भण्डारीले जानकारी दिए ।


ट्रेन्डिङ