धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

यस बर्ष मोहनामा सामुहिक छठ नमनाइने

यस बर्ष मोहनामा सामुहिक छठ नमनाइने

धनगढी

 कोरोना संक्रमण तथा जोखिमलाई मध्यनजर गर्दै यस बर्ष तराई वासीले मोहना नदीमा सामुहिक छठ नमनाउने भएका छन् ।

 सामुहिक रुपमा छठ नमनाउने भएपछि तराई मधेसमा उल्लासका साथ मनाइने छठ पर्वका अवसरमार दुलही झै सजिइने धनगढीको मोहना घाट यस बर्ष सुनसा नबनेको छ ।

 छठ पर्व सुरु नहुँदै मोहना नदीलाई सिंगारिन सुरु गर्ने तराई वासीले यस बर्ष कोरोना संक्रमणका कारण सामुहिक छट नमनाउने निर्णय गरेका छन् । जसका कारण मोहना नदीको तटिय क्षत्रलाई सिंगार नगरिएको धनगढीका जयप्रकाश चौधरीले बताए ।

 जिल्ला प्रशासन कार्यालय कैलालीले पनि यस बर्ष अन्य पर्व झै छठ पर्वलाई सामुहिक रुपमा नमनाउन आग्रह गरेको छ ।

 सामुहिक रुपमा पर्व मनाउँदा कोरोना संक्रमण बढ्ने जाखिम हुन्छ प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने–‘त्यसैले यस बर्ष सुरक्षित रहेर पर्व मनाउँन आग्रह गरिएको छ ।


ट्रेन्डिङ