धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका १८ सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका १८ सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका १८ सहित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिका सेती प्रादेशिक अस्पतालमा गरिएको ३ सय ५१ जनाको स्वाव परिक्षणमा कैलालीका १८ सहित कञ्चनपुरका ४ र बझाङका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर २ का ३ जना, वडा नमबर ३, ५, ८ र १९ का १÷१ जना, तथा वडा नम्बर ४ का २ जना रहेका छन् ।

 यसैगरी कैलालीकै गोदावरी नगरपालिकाका २, लम्किचुहा नगरपालिकाका ५, गौरिगंगाका १ र उम्मेर नखुलेका कैलालीका १ जनामा पनि बिहीबार संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार बिहीबार नै सेतीको परिक्षणमा बझाङका १ तथा कञ्चनपुरको भिमदत्त नगरपालिकाका ३ र वेलौरी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ