धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका ४५ सहित थप ५१ जनामा कोरोना पुष्टि

कैलालीका ४५ सहित थप ५१ जनामा कोरोना पुष्टि

धनगढी

 कैलालीका ४५ सहित सेतीको परिक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टाको अवधिमा गरिएको ३ सय ७७ जनाको स्वाव परिक्षणमा कैलालीका ४५ तथा कञ्चनपुरका ६ जनामा संक्रमणपुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमान धनगढी उप–महानगरपालिका वडा नम्बर १ का ३ जना, वडा नम्बर २ का ७ जना, वडा नमबर ३, ४, ७, १२, १६ र १८ का १÷१ जना, वडा नम्बर ५ का ५ जना, वडा नमबर ११ का २ जना तथा पहिचान नखुलेका धनगढीका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

 उनका अनुसार शनिबानै गरिएको परिक्षणमा कैलालीको टिकापुर नगरपालिकाका १६ तथा गोदावरी नगरपालिकाका १ र पहिचान नखुलेका कैलालीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

 यस्तै सेतीकै परिक्षणमा कञ्चनपुरको भिमदत्त नगरपालिकाका ५ र वेल्डाँडी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ