बलात्कारमा संलग्न दोषीलाई मासमद्वारा  कारवाहीको माग

कैलालीको लम्कीचुहा नगरपालिका स्थित क्वारेन्टिनमा रहेकी महिलालाई जबरजस्ती करणी गर्ने दोषीको छानविन गरी कडा कारवाही गर्न मानव अधिकार संरक्षण मञ्च सुदूरपश्चिम प्रदेश समितीले माग गरेको छ ।

धनगढी

    कैलालीको लम्कीचुहा नगरपालिका स्थित क्वारेन्टिनमा रहेकी महिलालाई जबरजस्ती करणी गर्ने दोषीको छानविन गरी कडा कारवाही गर्न मानव अधिकार संरक्षण मञ्च सुदूरपश्चिम प्रदेश समितीले माग गरेको

   सोमबार मासमद्वारा जारी प्रेस विज्ञप्तिमा घटना प्रति गम्भीर ध्यानाकर्ष भएको भन्दै दोषीको यथासिघ्र छानविनको माग गरिएको घटनाले सरकार लगायत सबैको शिर निहुरिएकोभन्दै विज्ञप्तिमा सरकारको प्रत्यक्ष निगरानीमा रहेको क्वारेन्टिनमा समेत महिला असुरक्षित हुन्छन् भने अन्यत्रको अबस्था कस्तो होला भन्दै सरकारकै ध्यानाकर्षण गराइएको

  यस्तो दानबीय प्रवृत्तिलाई सिङ्गो मुलुकले नै तिरस्कार गर्दै अपराधीलाई कडा कानुनी कारवाही गरी पिडित महिलालाई उचित न्याय, क्षतिपूर्ति उनको सामाजिक सुरक्षा सम्मानमा विशेष ध्यान दिन मानव अधिकार संरक्षण मंचका सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आग्रह गरिएको

   त्यस्तै अध्यक्ष जोशीले कोभिड (१९ को यस्तो विषम परिस्थितिमा महिलाहरु माथि श्रृङखलाबद्ध रुपमा भइरहेका बलात्कारका हिंसाका घटनाहरु घटिरहेकाले उनीहरुको सामाजिक सुरक्षा संवेदनशिलतालाई मध्यनजर गरी महिलाहरुका लागि बेग्लै क्वारेन्टिन आइसोलेसनको व्यवस्था गर्न, गर्भवती सुत्केरी महिलाहरुको लागि पनि विशेष व्यवस्था सहित बेग्लै क्वारेन्टिनको ब्यबस्थापन गर्न माग गरिएको