धनगढी
कैलालीको लम्कीचुहा नगरपालिका स्थित क्वारेन्टिनमा रहेकी महिलालाई जबरजस्ती करणी गर्ने दोषीको छानविन गरी कडा कारवाही गर्न मानव अधिकार संरक्षण मञ्च सुदूरपश्चिम प्रदेश समितीले माग गरेको छ ।
सोमबार मासमद्वारा जारी प्रेस विज्ञप्तिमा घटना प्रति गम्भीर ध्यानाकर्ष भएको भन्दै दोषीको यथासिघ्र छानविनको माग गरिएको छ । घटनाले सरकार लगायत सबैको शिर निहुरिएकोभन्दै विज्ञप्तिमा सरकारको प्रत्यक्ष निगरानीमा रहेको क्वारेन्टिनमा समेत महिला असुरक्षित हुन्छन् भने अन्यत्रको अबस्था कस्तो होला भन्दै सरकारकै ध्यानाकर्षण गराइएको छ ।
यस्तो दानबीय प्रवृत्तिलाई सिङ्गो मुलुकले नै तिरस्कार गर्दै अपराधीलाई कडा कानुनी कारवाही गरी पिडित महिलालाई उचित न्याय, क्षतिपूर्ति र उनको सामाजिक सुरक्षा र सम्मानमा विशेष ध्यान दिन मानव अधिकार संरक्षण मंचका सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आग्रह गरिएको छ ।
त्यस्तै अध्यक्ष जोशीले कोभिड (१९ को यस्तो विषम परिस्थितिमा महिलाहरु माथि श्रृङखलाबद्ध रुपमा भइरहेका बलात्कारका र हिंसाका घटनाहरु घटिरहेकाले उनीहरुको सामाजिक सुरक्षा र संवेदनशिलतालाई मध्यनजर गरी महिलाहरुका लागि बेग्लै क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गर्न, गर्भवती र सुत्केरी महिलाहरुको लागि पनि विशेष व्यवस्था सहित बेग्लै क्वारेन्टिनको ब्यबस्थापन गर्न माग गरिएको छ ।