धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका २१ सहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका २१ सहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका २१ सहित सेतीको परिक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको ३ सय १३ जनाको स्वाव परिक्षणमा कैलालीका २१, कञ्चनपुरका १३ र बझाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नमबर १ का २ जना, वडा नमबर २, ३, ५ र ८ का १÷१ जना तथा पहिचान नखुलेका धनगढीका १ जनामा संक्रमण पुष्टि भएको छ ।

 यसैगरी बुधबारकै परिक्षणमा कैलालीको टिकापुर नगरपालिकाका ८ जना, घोडाघोडी नगरपालिकाका १ जना, गोदावरी नगरपालिकाका ४ जना र पहिचान नखुलेका १ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार बुधबार नै सेतीमा गरिएको परिक्षणमा कञ्चनपुरको वेदकोट नगरपालिकाका ४, भिमदत्त नगरपालिकाका ६, पुनर्वास नगरपालिकाका २ र वेल्डाँडी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।

सेतीकै परिक्षणमा बझाङको सर्मा गाउँपालिकाका १ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ