धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका १९ सहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका १९ सहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका १९ सहित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिका सेती प्रादेशिक अस्पतालमा गरिएको १ सय ६७ जनाको स्वाव परिक्षणमा कैलालीका १९, कञ्चनपुरका १२, बझाङका २, अछाम र दार्चुलामा १÷१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १ र ५ का २÷२ जना, वडा नम्बर २, ४ र ८ का १÷१ जना रहेका छन् ।

 यसैगरी कैलालीको मोहन्याल गाउँपालिका ४, गोदावरी नगरपालिकाका र जानकी गाउँपालिकाका ३÷३ जना, टिकापुर नगरपालिकाका १ र पहिनाच नखुलेका कैलालीका १ जनामा समेत आइतबार कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 सूचना अधिकारी श्रेष्ठका अनुसार शनिबार नै सेतीको परिक्षणमा कञ्चनपुरको वेलौरी नगरपालिकाका ३ जना, वेदकोट नगरपालिका र भिमदत्त नगरपालिकाका ४÷४ जना तथा पुनर्वास नगरपालिकाका १  जनामा समेत संक्रमण पुष्टि भएको छ ।

 यसै गरी दार्चुलाका १ जना, बझाङका २ जना तथा अछामका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ