धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका १८ सहित थप २३ जनामा कोरोना पुष्टि

कैलालीका १८ सहित थप २३ जनामा कोरोना पुष्टि

धनगढी

 कैलालीका १८ सहित सेतीमा गरिएको परिक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ९१ जनाको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बिहीबार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका ८ जना, गोदावरी नगरपालिकाका ४ जना, मोहन्याल गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

 यसैगरी बिहीबार नै कैलालीको घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका १÷१ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार सेतीकै परिक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, दार्चुला र बैतडीका १÷१ जनामा समेत बिहीबार संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ