धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा थप ४६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ४६ जनामा कोरोना पुष्टि

धनगढी

सोमबार सुदूरपशिचमका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । जसमा  कैलालीका ३६ सरहेका छन् ।

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार १ सय ६१ जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार सोमबार थपिएका ४६ जनामा धनगढी उप–महानगरपालिकाका १९ जना रहेका छन् । यसैगरी कैलालीको मोहन्याल गाउँपालिकाका ६ जना, जानकी गाउँपालिकाका ५ जना, गोदावरी नगरपालिकाका ४ जना, यस्तै जोशीपुर र कैलारी गाउँपालिकाका १÷१ जनामा समेत कोरोना संक्रमण देखिएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।

 यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका २÷२ जना, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिका र ठेगाना नखुलेका १÷१ जनामा समेत कोराना पुष्टि भएको छ । त्यसैगरी बैतडीको पाटन नगरपालिकाका २ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाकाक १ जनामा पनि संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।


ट्रेन्डिङ