धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

सोमबार सुदूरपश्चिममा थप ८८ जनामा कोरोना संक्रमण

सोमबार सुदूरपश्चिममा थप ८८ जनामा कोरोना संक्रमण

धनगढी

सुदूरपश्चिम प्रदेशमा सोमबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय १६ पुगेको छ ।

 सोमबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ४६ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ११ जना, बझाङ अस्पतालको प्रयोगशालामा ९ जना र अछामको कमलबजार प्रयोगशालामा २२ जना गरि ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार थपिएकामा कैलालीका ३६ जना, कंचनपुरका ७ जना, अछामका २२ जना, बैतडीका २ जना, बझाङका ९ जना, डडेल्धुराका ११ जना र डोटीका एक जना रहेका छन् । यसैगरी सोमबार प्रदेशका बिभिन्न जिल्लामा गरि १५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ हजार ६ सय ४८ पुगेको छ ।


ट्रेन्डिङ