धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका २४ सहित थप ४२ जनामा कोरोना पुष्टि

कैलालीका २४ सहित थप ४२ जनामा कोरोना पुष्टि

धनगढी

 कैलालीका २४ सहित सेतीको परिक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 मंगलबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको २ सय ७७ जनाको स्वाव परिक्षणमा कैलाली २४ सहित थप ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार मंगलबार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका ४ जना, लम्किचुहा नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

 मंगलबार नै गोदावरी नगरपालिका, मोहन्याल गाउँपालिकाका र कैलारी गाउँपालिकाका ३÷३ जना, भजनी नगरपालिकाका २ जना र यस्तै टीकापुर नगरपालिका तथा  गौरीगंगा नगरपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४, दोधारा चाँदनी नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका १÷१ जनामा समेत कोराना संक्रमण पुष्टि भएको छ ।

 सेतीकै परिक्षणमा बाजुराको बुढीनन्दा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ