धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एलपिएलको उप–विजेता टोलिलाई गुरुकुलको साथ

एलपिएलको उप–विजेता टोलिलाई गुरुकुलको साथ

धनगढी

 आगामी फागुन तेश्रो हप्ता देखी धनगढीमा सञ्चालन हुने लिटल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगितामा उप–विजेताको पुरस्कार तथा ट्रफि गुरुकुल एकेडेमीले प्रायोजन गर्ने भएको छ ।

 लिटल फ्लावर स्पोर्ट एण्ट इभेण्ट प्रालिकोको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा उप–विजेता हुने टोलिको पुरस्कार राशी र ट्रफिको व्यवस्थापन गुरुकुलले गर्ने सम्झौता भएको आयोजक लिटल फ्लावर स्पोर्ट एण्ट इभेण्ट प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

 एलपिएलको दोश्रो संस्करण देखी सहकार्य गर्दै आएको गुरुकुल एकेडेमीले गत बर्ष देखी उप–विजेत टोलिलाई पुरस्कार र ट्रफि प्रायोजन गर्दै आएको छ ।

 देशभरका १२ विद्यालयको सहभागिता रहने एलपिएलका लागि अन्य तयारी पनि तिब्र रुपमा भइरहेको अध्यक्ष रामचन्द्र शाहीले बताए । ‘विद्यालय स्तरमै प्रतियोगिता सञ्चालन गरी राम्रा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्दै आएका छौं’, प्रिन्सिपल शाहीले भने–‘,यस बर्ष पनि सुरक्षित र स्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्दै प्रतियोगिता सञ्चालन गर्ने जमर्को गरेका छौं ।’,

 कोरोनाका कारण लामो समय सम्म खेलाडी घर भित्र थुनिन बाध्य हुँदा उनिहरुको खेल क्षमता कम्जोर हुने भन्दै उनले खेलाडीको आत्मबल बढाउनका लागि भएपनि प्रतियोगिता सञ्चालन हुन जरुरी रहेको बताए । एलपिएलको पाँचौं संस्करणले खेलाडीको मनोबल उच्च बनाउन सहयोग पु¥याउने उनले बताए ।

 प्रतियोगितामा प्रायोजक, सह प्रायोजक तथा पुरस्कार राशीको टुङ्गो केही दिनमै लगाइने उनले बताए ।


ट्रेन्डिङ