धनगढी
सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले कृषि उद्योग सञ्चालन गर्न खोज्ने सहकारी संस्था हरुलाई मन्त्रालयले सहयोग गर्ने बताएकिछन् ।
धनगढी स्थित दाइजो कृषि सहकारी संस्थाको ९ औं बार्षिक साधारणसभामा उनले मल वेचेर मात्रै कृषिमा प्रगति नहुने भन्दै उत्पादिन क्षत्र तथा स–सानो उद्योगमा लगानी गर्न आग्रह गरिन् ।
‘सहकारी मार्फत आर्थिक उन्नती र रोजगारी सिर्जना गर्ने सरकारको लक्षय छ’ मन्त्री चौधरीले भनिन्–‘त्यसका लागि सहकारी संस्थाले उत्पादित क्षत्रमा लगानी लगाउनु आवश्यक छ,औंद्योगिक क्षत्रमा लगानी गर्न चाहने सहकारीलाई प्रदेश सरकारले आवश्यक सहायोग गर्ने छ ।’
मन्त्री चौधरीले सहकारी संस्था सेवा मुलक संस्था भएको भन्दै नाफाकालागि काम नगर्न पनि आग्रह गरिन् । ‘सहकारी संस्था समुदायका न्यून आर्थिक अवस्था भएका नागरिकको स–सानो पूजिबाट बनेको संस्था हो’ मन्त्री चौधरीले भनिन्–‘त्यसता संस्थाले नाफा कमाउने हैन, समुदायका नागरिकको आर्थिक अवस्थ सुधार गर्नु र रोजगारी दिनुहो ।’
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख भूमीराज उपध्यायले दाईजोले छोटो समयमा राम्रो काम गरेर समुदायका नागरिकको आर्थिक अवस्था सुधार गर्न सफल भएको बताए । उनले आगामी दिनमा दाइजेलाई पहिलो प्राथमिकतामा राखेर कृषि ज्ञान केन्द्रले दिने सेवा वितरण गरिने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कैलाली सदस्य दिर्घ जोशीले राम्रो व्यवस्थाप र शेयर सदस्यको भावना अनुसार अघि बढ्दा दाइजोले छोटो समयमा राम्रो प्रगति गरेको बताए । ‘म सञ्चालक समिति र शेयर सदस्य दुवैलाई धन्यवाद दिन चाहन्छ’ जोशीले भने–‘दुवै पक्षले एक आपसमा राम्रो सहकार्य र समन्वय गरेकै कारण दाईजोको प्रगति भएको छ ।’
दाइजो सहकारी संस्थाकी अध्यक्ष चन्द्रकिरण रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन निशा चौधरीले गरेकि थिइन् भने लेखा समिति सदस्य सिताराम रानाले स्वागत मन्तव्य व्यक्त गरे ।
२ करोड निक्षप संकलन, ३ करोड पु¥याउने लक्ष्य
दाईजो कृषि सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०७६÷०७७ सम्म २ करोड ७१ लख ९ हजार १ सय ९२ कुल निक्षाप संकलन गर्न सफल भएको छ ।
संस्थाले आगामी बर्ष २०७७÷०७८ सम्म निक्षेप संकलन बढाएर ३ करोड ३३ लाख ७५ हजार २ सय २८ पु¥याउने लक्ष्य लगेको छ । ९ औं बार्षिक साधारण सभामा संस्थको आय व्यय तथा लक्ष्य प्रस्तु गर्दै संस्थाकी अध्यक्ष चन्द्रकिरण रानाले ३९ लाख २६ हजार शेयर पूजी बढाएर आगामी बर्ष सम्म ५ लाख पु¥याउने लक्ष्य लिएका बताइन् ।
यसै गरी जगेडा कोषको रकम आर्थिक बर्ष २०७६÷०७७ मा २० लाख ४८ हजार ५ सय ५१ रहेकोमा आगामी बर्ष २५ लाख पु¥याउने लक्ष्य संस्थाले लगेको बताइन् ।
संस्थामा हाल सम्म ४ सय ७२ शेयर सदस्य रहेको संस्थाले आर्थिक बर्ष २०७६÷०७७ सम्म २ करोड ११ लाख ४२ हजार ६ सय १८ रुपैंया ऋण लगानी गरेको अध्यक्ष रानाले बताइन् ।