धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका २७ सहित थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका २७ सहित थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका २७ सहित सेतीको परिक्षणमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको २ सय ८ जनाको स्वाव परिक्षणमा कैलालीका २७ सहित विभिन्न जिल्लाका ४१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका २१, गौरीगंगा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ र टीकापुर नगरपालिकाका १ जना रहेका छन् ।

 आइतबार नै कञ्चनपुरको बेदकोट नगरपालिकाका ४ जना, शुक्लाफाँटा नगरपालिकाका र कृष्णपुर नगरपालिकाका २÷२ जना तथा बेलौली नगरपालिकाका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 सूचना अधिकारी श्रेष्ठका अनुसार आइतबार नै सेतीको परिक्षणमा डोटीका ५ जनामा समेत संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ