धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेतीको परिक्षणमा थप थप ५३ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा थप थप ५३ जनामा कोरोना पुष्टि

धनगढी

 सुदूरपश्चिमका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार १ सय ९७ नमूना परीक्षण गर्दा कैलालीका ४३ सहित सुदूरपश्चिमका ५३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

  अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ४१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।  

 यस्तै कैलालीकै गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना, त्यसैगरी शुक्लाफाँटा नगरपालिका र बेलडाडी गाउँपालिकाका १÷१ जनामा समेत संक्रमण पुष्टि भएको छ । यसैगरी सेतीकै परिक्षणमा बझाङ र बाजुराका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ