धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एलपिलको हस्पिटालिटी पार्टनरको प्रायोजक इमेज होटल

आगामी फागुनमा हुने एलपिएलको आयोजक  लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्टका संस्थापक तथा प्रबन्धक रामचन्द्र शाही र ईमेल होटेलका तर्फबाट संस्थापक प्रबन्ध निर्देशक दीप रावतले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एलपिलको हस्पिटालिटी पार्टनरको प्रायोजक इमेज होटल
एलपिलको हस्पिटालिटी पार्टनर प्रायोजनको सहमतिमा हस्ताक्षर गर्दै लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्टका संस्थापक तथा प्रबन्धक रामचन्द्र शाही (दाया) र ईमेल होटेलका तर्फबाट संस्थापक प्रबन्ध निर्देशक दीप रावत

धनगढी

   एलपिएलको पाँचौ संस्करणमा पनि हस्पिटालिटी पार्टनरको प्रायोजन ईमेज होटेलले गर्ने भएको छ । आगामी फागुनमा हुने एलपिएलको आयोजक  लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्टका संस्थापक तथा प्रबन्धक रामचन्द्र शाही र ईमेल होटेलका तर्फबाट संस्थापक प्रबन्ध निर्देशक दीप रावतले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 इमेजले दोश्रो पटक हस्पिटालिटी पार्टनरको प्रायोजना गरेको हो । गत  बर्ष भएको एलपिएलको चौथो संस्करणमा पनि हस्पिटालिटी पार्टनरको प्रायोजन गत बर्षदेखि धनगढीमा सञ्चाल भैरहेको ईमेज  होटलले नै गरेको थियो ।

 इमेज होटेलका संस्थापक एवम प्रबन्ध निर्देशक दीप रावतले क्रिकेटको जग बसाल्ने काममा थप सहयोका लागि प्रायोजन गरेको बताए ।

 अत्याधुनिक सुविधा सम्पन्न एसी रुमहरु सहित होटेलमा २७ वटा कोठाहरु रहेका छन् ।


ट्रेन्डिङ