धनगढी
बचपन बचाउ आन्दोलनले बेस र स्वतन्त्रता अभियान नेपालसंग संयुक्त रुपले सिमापार क्षेत्रमा बालबालिका लगायत मानव बेचबिखनको विषयमा भारत र ने पाल बीच द्विपक्षीय भर्चुअल संवाद सफलतापूर्वक सम्पन्न गरेको छ ।
अन्तरराष्ट्रिय मानव अअधिकार दिवसका अवसरमा आयोजित भर्चुअल संवादलाई सम्वोधन गर्दै बचपन बचाउ आन्दोलनलका संस्थापक तथा नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले मानव बेचबिखन भारत र नेपालको साझा मुद्धा भएकोले दुवै देशका सरकार र नागरिक समाज मिलेर अभियानमा सामेल हुनु आवश्यक रहेको बताए ।
बढ्दो गरिबि, बेरोजगार साथै विद्यालयहरु बन्द भएको कारणले दुबै सिमाभित्र र सिमा बाहिरका बालबालिकाहरु अझ थप बेचबिखनको थप जोखीममा परेको भन्दै सत्यार्थीले दुबै देशले यस किसीमको समस्याको पहिचान गरि दिगो समाधानको लागि उपाय खोज्नु पर्ने बताए । सत्यार्थीले आउदो वर्ष संयुक्त राष्टसंघको बाल श्रम उन्मूलन वर्ष रहेको छ । यो अवसरलाई नेपाल र भारत दुबै देश मिलेर सामुहिक रुपमा कार्य गर्न जरुरी रहेको पनि औल्याए ।
संवादमा सहभागी व्यक्तिहरुले सिमा पार बेचिएका पिडितहरुको उद्धार र पुनस्थापर्नाका लागि दुई देशबीच रहेको सिमा व्यवस्थापन सामुहिक रुपले अगाडि बढेर मिलाउने वाचा गरेका थिए । सहभागीहरुले मानव बेचबिखन रोकथामको लागि भारत र म्यानमारको दिपक्षीय सहयोगमा हस्ताक्षर भए जस्तै साझा सहमति कायम गर्न र चाडै हस्ताक्षर गर्नमा जोड दिएका थिए ।
उक्त संवाद कार्यक्रममा नेपालका सम्मानित व्यक्तित्वहरु लुम्बिनी प्रदेशका संसदीय सदस्य तथा बेस नेपालका संस्थापक अध्यक्ष डिल्ली बहादुर चौधरी, सांसदहरु अनीता देवकोटा, मेटमणी चौधरी, डा. डिला संग्रौला, सरीता न्यौपाने, राष्ट्रिय बालबालिका अधिकार परिषदका कार्यकारी निर्देशक डाक्टर मिलन ढरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका ज्वाईन्ट सेक्रेटरी रोशनी श्रेष्ठ, नेपाल प्रहरीको मानव बेचविखन विरुद्धको व्यूरो ईन्चार्ज अनुराग सुवेदी, भारतीय संसदहरु कृष्ण लभुर, कन्भेनर बालबालिका संसदीय फोरमका रबि प्रकाश बर्मा, डि.सि. आर.पी. का पूर्व अध्यक्ष आमोद कान्थ र जनरल सेक्रेटरी प्रयास, सुभाष त्रिपाठी, आई. जी. एस.एस.बी दुवै देशका नागरीक समाजका प्रतिनिधि, अनुसन्धानकर्ता कानुन विद र अभियन्ता लगायत अन्य सम्मानित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
सबैजसो वक्ताहरुद्धारा बेचबिखनबाट पिडितको उद्धार र पुनस्र्थापना तथा नेपालमा भारतको जस्तो कानुन लागु नहुदा, भारतीय अदालतद्धारा अभियोजनमा चुनौती, पिडितलाई पुर्नस्थापनाको प्याकेज स्थानान्तरन गर्न समस्या र नेपालमा पिडितहरुलाई आश्रय दिन र पिडीतहरुलाई घरसम्म पठाउन नसक्नु सरकारी अधिकारीहरुको चुनौतीको साथै पिडितहरुको दबाबमा रही काम गर्नुपरेका चुनौतीहरुको विषयमा केन्द्रित रहेर पनि छलफल भएको थियो ।
बचपन बचाओ आन्दोलन र बेसद्धारा क्रमशः बालश्रमबाट उद्धार गरिएका अरविन्द र सिर्जना थारुले आफ्ना अनुभव बाडेका थए । कमजोर आर्थिक अवस्थाका कारण १० वर्षको उमेरमा बाल मजदुरको रुपमा काठमाण्डौमा काम गर्न जान बाध्य भएकी सिर्जनालाई बेस नेपालले उद्धार गरेर विद्यालयमा भर्ना गरेको छ । उनी त्यहाँबाट आफ्नो घर राप्ती सोनारी २, हरिहरपुर गाँउमा अहिले कक्षा ७ मा अध्ययनरत छिन् ।
बेसका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरीको स्वागत मन्तव्यबाट शुरुवात भएको नेपाल भारत मानव बेचविखन विरुद्धको सम्वाद कार्यक्रममा बचपन बचाओ आन्दोलनका कार्यकारी निर्देशक धनन्जय तिंगालले सहभागीहरुलाई स–धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम ज्योती राठौरले संचालन गरेकी थिइन् । सो कार्यक्रममा नेपाल तथा भारतका गरी २ शय ५० भन्दा बढी व्यक्तिहरुको सहभागीता रहेको थियो ।
बचपन बचाओ आन्दोलन १९८० मा नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको अगुवाई र उनीसँग सम्बद्ध व्यक्तिहरुको सहयोगमा बालसंरक्षणका लागि थालिएको भारतको सबैभन्दा ठूलो आन्दोलन हो । यसले स्थापना कालदेखि विभिन्न रुपमा हुने बाल अधिकारका हिंसाहरुको विरुद्ध, बालबालिका बेचविखन विरुद्ध अथक रुपमा काम गरिरहेको छ र करीब ९० हजार भन्दा बढी बालबालीकाहरुको उद्धार गरिसकेको छ ।
बेस गैह्रसरकारी संस्था मात्र नभएर यो नेपालमा सामाजिक अभियानको आन्दोलन पनि हो । यो संस्थाले विकासका काममा मात्र संलग्न नरही आर्थिक रुपले पछाडि परेका आदिबासी र अन्य पिटडीएको वर्गहरुको अधिकारका लागि पनि आवाज उठाउछ। बेसले शोषण, अन्याय र वञ्चितीमा परेकाहरुको लागि कडा आवाज उठाउँछ । बेसले नेतृत्व गरेको नेपाल एजुकेशन मार्चमा थुप्रै गै.स.स., स्कूलहरुको यूनीयन, व्यवसायीक यूनीयन, नागरिक समाज संस्थाहरु, निजी क्षेत्र, मिडियाको सहभागिता रही शिक्षाको लागि कोष संकलन गर्न, बालश्रमिकहरुको उद्धार गर्न र विद्यालयमा भर्ना गर्न सहयोग गरयो। देशमा बंधुवा श्रमिक (कमैया ) प्रथालाई मुक्त गर्न बेसको नेतृत्वमा थालिएको आन्दोलनको परिणामस्वरुप ३ लाख भन्दा बढी कमैयाहरुको मुक्ति र पुर्नस्थापना भएको छ । बेसले कम्लहरी (बंधुवा महिला कामदार ) प्रथालाई पनि अन्त्य गर्नमा महत्वपूर्ण भूमीका निभायो । बेस संस्था मानव बेचविखन र बालश्रमीक प्रथाको उन्मूलनको लागि निरन्तर लागि परेको छ ।
स्वतन्त्रता अभियान नेपाल एक गैर सरकारी संस्था हो जसले मानव बेचविखन र बालश्रमीकका मुद्दाहरुलाई दिर्घ रुपमा निराकण गर्ननिति र पैरवी गर्दछ जसको लागि सरकारसँगै मिलेरकाम गर्दछ । स्वतन्त्रता अभियान नेपाललेवञ्चीतीकरणमा परेकाहरु, विभेदमा परेकाहरुकोे उत्थानको लागि विकासका गतिविधिद्वारा सामाजिक न्यायको लागि काम गर्दछ र डण्डहीनताको अन्त्यको लागि निरन्तर लागि परेको छ । यसले कुनै भेदभाव, पूर्वाग्रह बिना र कुनैपनि राजनीतीक पक्ष नलीई नेपालमा कार्य गर्दछ ।