धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका ३५ सहित थप ७१ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका ३५ सहित थप ७१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका ३५ सहित सुदूरपश्चिममा बुधबार थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको ३ सय ९५ जनाको स्वाव परिक्षणमा कैलालीका ३५, कञ्चनपुरका ३२,  बैतडीका २ र डोडीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका २० जना, गोदावरी नगरपालिकाका ४ जना तथा गौरिगंगा नगरपालिकाका र लम्की चुहा नगरपालिकाका १÷१ जनामा संक्रमण पुष्टि हुँदा टिकापुर नगरपालिका, जानकी गाउँपालिका र मोहन्याल गाउँपालिकाका ३÷३ जनामा संक्रमण पुष्टि भएको छ ।

 बुधबारनै सेतीको परिक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाका २÷२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा भिमदत्त नगरपालिकाका १७, दोधारा चाँदनी नगरपालिकाका ७ तथा वेदकोट नगरपालिकाका ४ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार बुधबारनै सेतीको परिक्षणमा बैतडीको पाटन नगरपालिकाका २, शिवनाथ गाउँपालिकाका १ तथा डोटीको दिपाय शिलगढी नगरपालिकाका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ