धनगढी
आगामी फागुन तेश्रो साता देखी धनगढीमा सञ्चालन हुने लिटलफ्लावर प्रिमियर लिगको पाचौं संस्करणलाई काठमाण्डौंको हिमालयन ह्वाईट हाउस ईन्टरनेशनल कलेजले सह–प्रायोजन गर्ने भएको छ ।
काठमाण्डौंको तीनकेनेमा रहेको हिमालयन ह्वाईट हाउसले एलपिएलको दोश्रो संस्करण देखीनै प्रतियोगिता लाई कुनै न कुनै रुपमा सहयोग गर्दै आएको थियो । हिमालय ह्वाइट हाउसले एलपिएल प्रतियोगितामा सहभागिता समेत जनाउँदै आएको छ । हिमालय एलपिएलको चौथो संस्करणमा उप–विजेता बनेको थियो ।
लिगको पाँचौ संस्करणमा प्रायोजकहरु जोडिने क्रम जारी रहेको अवस्थामा हिमालयन ह्वाईट हाउसले पनि प्रायोजन गरेर साथ दिएको आयोजक लिटल फ्लावर स्पोर्ट एण्ट इभेण्ट प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बताए ।
लिटल फ्लावर स्पोर्ट एण्ट इभेण्ट प्रालिकोको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा देशभरका १२ टोली सहभागि रहने प्रालिका अध्यक्ष शाहीले बताए । उनले प्रतियोगिताका लागि अन्य तयारी भइरहेको बताए ।
विद्यालय स्तरिय प्रतियोगिता सञ्चालन गर्दै क्रिकेटको जग बलियो बनाउन प्रतियोगिता सञ्चालन गर्दै आएका छौं’ शाहीले भने–‘यसले राष्ट्रि क्रिकेटमा समेत टेवा पु¥याउने विशवास लिएका छौं ।’