धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

एलपिएलको सह–प्रायोजकमा हिमालयनको साथ

एलपिएलको सह–प्रायोजकमा हिमालयनको साथ

धनगढी

 आगामी फागुन तेश्रो साता देखी धनगढीमा सञ्चालन हुने लिटलफ्लावर प्रिमियर लिगको पाचौं संस्करणलाई काठमाण्डौंको हिमालयन ह्वाईट हाउस ईन्टरनेशनल कलेजले सह–प्रायोजन गर्ने भएको छ ।

 काठमाण्डौंको तीनकेनेमा रहेको हिमालयन ह्वाईट हाउसले एलपिएलको दोश्रो संस्करण देखीनै प्रतियोगिता लाई कुनै न कुनै रुपमा सहयोग गर्दै आएको थियो । हिमालय ह्वाइट हाउसले एलपिएल प्रतियोगितामा सहभागिता समेत जनाउँदै आएको छ । हिमालय एलपिएलको चौथो संस्करणमा उप–विजेता बनेको थियो ।

 लिगको पाँचौ संस्करणमा प्रायोजकहरु जोडिने क्रम जारी रहेको अवस्थामा हिमालयन ह्वाईट हाउसले पनि प्रायोजन गरेर साथ दिएको आयोजक लिटल फ्लावर स्पोर्ट एण्ट इभेण्ट प्रालिका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

 लिटल फ्लावर स्पोर्ट एण्ट इभेण्ट प्रालिकोको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा देशभरका १२ टोली सहभागि रहने प्रालिका अध्यक्ष शाहीले बताए । उनले प्रतियोगिताका लागि अन्य तयारी भइरहेको बताए ।

 विद्यालय स्तरिय प्रतियोगिता सञ्चालन गर्दै क्रिकेटको जग बलियो बनाउन प्रतियोगिता सञ्चालन गर्दै आएका छौं’ शाहीले भने–‘यसले राष्ट्रि क्रिकेटमा समेत टेवा पु¥याउने विशवास लिएका छौं ।’


ट्रेन्डिङ