धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीका ३१ सहित थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका ३१ सहित थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीका ३१ सहित सुदूरपश्चिमका थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 बिहीबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ४ सय ८ जनाको स्वाव परिक्षणमा कैलालीका ३१, कञ्चनपुरका ११, बाजुराका १४ र दार्चुलाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बिहीबार कोरोना संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका १२ जना, भजनी नगरपालिकाका ५ जना, कैलारी गाउँपालिका, गोदावरी नगरपालिका र जानकी गाउँपालिकाका २÷२ जना तथा टिकापुर नगरपालिकाका १ जना र पहिचान नखुलेका कैलालीका ७ जना रहेका छन् ।

 यसैगरी कञ्चनपुरको वेदकोट नगरपालिकाका २, भिमदत्त नगरपालिकाका ४, शुक्लाफाँटा नगरपलिका र कृष्णपुर नगरपालिकाका १÷१ जना तथा पहिचान नखुलेका कञ्चनापुरका ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 उनका अनुसार बिहीबार नै सेतीको परिक्षणमा बाजुराको बडिमालिका नगरपालिकाका १४ जना र दार्चुलाको लेकम गाउँपालिकाका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ