धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेतीमा गरीएको परीक्षणमा थप ४० जनामा कोरोना संक्रमण

सेतीमा गरीएको परीक्षणमा थप ४० जनामा कोरोना संक्रमण

धनगढी

शनिवार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ ।

पछिल्लो २४ घण्टामा २ सय ७० नमूना परीक्षण गर्दा कैलालीका ३३ सहित ४० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप ८ जनामा संक्रमण देखिएको जानकारी दिए । यस्तै कैलालीकै गौरीगंगा नगरपालिकाका १९ जना, गोदावरी नगरपालिकाका ४ जना, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकाका १÷१ जनामा भाइरसको संक्रमण देखिएको छ ।

सेतीकै परिक्षणमा कञ्चनपुरको बेदकोट नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकाका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


ट्रेन्डिङ