धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

लम्कीचुहाकी महिलाको मृत्युपछि कोरोनाको पुष्टि

कोरोना संक्रमणका कारण सुदरपश्चिमकमा थप एक जनाको  मृत्यु  भएको छ ।

लम्कीचुहाकी महिलाको मृत्युपछि कोरोनाको पुष्टि

धनगढी

    कोरोना संक्रमणका कारण सुदरपश्चिमकमा थप एक जनाको  मृत्यु  भएको छ । कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएपछि सुदुरपश्चिममका कोरोनका संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

  नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएकी कैलालीको लम्की चुहा नगरपालिका वार्ड नं. २ की ४३ बर्षीय महिलामा बुधबार कोरोना पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ । मगलबार राति उपचारका क्रममा मृत्यु भएपछि कोरोनाको परिक्षण गरिएको थियो ।

  टाउकोमा गम्भीर चोट लागेपछि उनलाई थप उपचारका लागि कोहलपुर लगिएको थियो ।  महिलाको दुई दिनदेखि आइसीयुमा राखेर उपचार भइरहेको थियो ।


ट्रेन्डिङ