धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेतीको परिक्षणमा थप ४७ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा थप ४७ जनामा कोरोना पुष्टि

धनगढी

  बुधबार सेतीको परिक्षणमा सुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार १ सय ८४ नमूना परीक्षण गर्दा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका ३४, गौरीगंगाका १,लम्कीचुहा नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको  बताए ।

 यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका १ जना ,भिमदत्त नगरपालिकाका ४ जना , पुर्नबास , शुक्लाफाटा नगरपालिकाका १ र १ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।  डोटीका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


ट्रेन्डिङ