धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडीमा खरमा लगाएको आगोले पोलेर वालिकाको मृत्यु

धनगढी

  बैतडीमा खरमा लगाइएको आगोले पोलेर एक बालिकाको ज्यान गएको छ ।

  सिगास गाउँपालिका वडा नम्बर ३ साउनखेतका मानबीर साउदका ४ वर्षीय छोराले घर पछाडी रहेको खरमा आगो लगाउँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बालकले लगाएको आगोमा परी साथमा रहेकी उनकै २ वर्षीया बहिनी रेखा साउदको घटनास्थलमै ज्यान गएको हो ।  आगोले घरमा पनि सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

 


ट्रेन्डिङ