धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण

धनगढी

 सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३७ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार सेती प्रादेशीक अस्पतालको परिक्षणमा ३० जना र डडेल्धुरा अस्पतालको परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय २ जनाको परीक्षण गर्दा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका १३ जना, गोदावरी नगरपालिकाका ३ जना र घोडाघोडी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको बताए ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिकाका ३ जनामा पनि संक्रमण पुष्टि भएको उनले जानकारी  दिए ।  उनका अनुसार डडेल्धुराको परशुराम नगरपालिका,बैतडीको दोगडाकेदार, दार्चुलाको शैल्यशिखर नगरपालिका, दुहु गाउँपालिका र बझाङका १÷१ जनामा पनि संक्रमण देखिएको छ । यो संगै प्रदेशभरी संक्रमितको संख्या १३ हजार ६ सय १६ पुगेको छ ।


ट्रेन्डिङ