धनगढी
सामुदायिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन जनक राज पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै शनिबार धनगढीमा सम्पन्न भएको छ ।
सभाले निर्विरोध चयन गरेको कार्यसमितिको उपाध्यक्षमा कुबेर बहादुर शाही, सचिव लोकेश भट्ट र कोषाध्यक्ष कुन्जा भट्ट रहेका छन् ।
त्यस्तै सदस्यमा जानकी चौधरी, दुर्गा कुमारी बम, र समीर पन्त रहेका छन् । सहकारीको लेखा समितिको संयोजकमा गोबिन् बोहरा र सदस्यमा नारायण धामी र इश्वर शाही रहेका छन् ।
सहकारीको नयाँ नेतृत्व चयनपछि आयोजित कार्यक्रममा नवनियुक्त अध्यष जनक राज पाण्डेयले इमानदारिताका साथ संस्थाको हितमा र सदस्यहरुको फाइदामा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यसअघि आयोजित उद्घाटन कार्यक्रमा धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले सहकारीहरु उपभोक्ताको हितमा केन्द्रित हुनु पर्ने बताइन् ।
सो अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातली, धनगढी माध्यमिक बिद्यालयका प्राधानाध्यापक लक्ष्मण दत्त भट्ट, धनगढी पोष्ट दैनिकका सम्पादक कर्ण शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सचिव लोकेश भट्टले संचालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष कुबेर शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कोषाध्यक्ष कुन्जा भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थइन् ।
२०७७ असारमा दर्ता भएको सामुदायिक सहकारीका १ शय ६ जना शेयर सदस्य र ५४ लाख पुजी रहेको छ ।