धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सामुदायिक बहुउदेश्यीय सहकारीको अध्यक्षमा पुनः पाण्डेय

सामुदायिक बहुउदेश्यीय सहकारीको अध्यक्षमा पुनः पाण्डेय

धनगढी

   सामुदायिक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशन जनक राज पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै शनिबार धनगढीमा सम्पन्न भएको छ ।

  सभाले निर्विरोध चयन गरेको कार्यसमितिको उपाध्यक्षमा  कुबेर बहादुर शाही, सचिव लोकेश भट्ट र कोषाध्यक्ष कुन्जा भट्ट रहेका छन् ।

   त्यस्तै सदस्यमा जानकी चौधरी, दुर्गा कुमारी बम,  र समीर पन्त रहेका छन् । सहकारीको लेखा समितिको संयोजकमा गोबिन् बोहरा र सदस्यमा नारायण धामी र इश्वर शाही रहेका छन् ।

   सहकारीको नयाँ नेतृत्व चयनपछि आयोजित कार्यक्रममा नवनियुक्त अध्यष जनक राज पाण्डेयले इमानदारिताका साथ संस्थाको हितमा र सदस्यहरुको फाइदामा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि आयोजित उद्घाटन कार्यक्रमा धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले सहकारीहरु उपभोक्ताको हितमा केन्द्रित हुनु पर्ने बताइन् ।

   सो अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातली, धनगढी  माध्यमिक बिद्यालयका प्राधानाध्यापक लक्ष्मण दत्त भट्ट, धनगढी पोष्ट दैनिकका सम्पादक कर्ण शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

  सचिव लोकेश भट्टले संचालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष कुबेर शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कोषाध्यक्ष कुन्जा भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थइन् ।

 २०७७ असारमा दर्ता भएको सामुदायिक सहकारीका १ शय ६ जना शेयर सदस्य र ५४ लाख पुजी रहेको छ ।

  


ट्रेन्डिङ