धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
दुर्घटनामा प्रिसिपल केसीको निधन

क्षतिपुर्तिमा सहमतिपछि शव पोष्टमार्टमका लागि लगियो

धनगढी

   क्षतिपुर्तिमा सहमति जुटेपछि गोदावरी नगरपालिका वार्ड नं ६ लालपुरमा सवारी दुर्घटनामा परी मृत्यु भएका केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल गम्भीर केसीको शव पोष्टमार्टमका लागि धनगढी लगिएको छ ।

  बुधबार दिउँसोदेखि अवरुद्ध राजमार्ग जीपका मालिक र केसीका आफन्तबीच पाँच लाख क्षतिपुर्ति दिने सहमति भएपछि  आज दिउसोदेखि रामाजगर्मा खुलेको वार्ड नम्बर ६ का सदस्य धन बहादुर खड्काले बताए ।

  बुधबार दिउसो बा २० च ५१२८ नम्बरको जीपसंग से ४ प ७३९८  नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइलकल चालक केसीको मृत्यु भएको थियो । दुर्घटनापछि स्थानीयले क्षतिपूर्तिको माग राख्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।


ट्रेन्डिङ